त्यसपछि सुरु भयो, तुलासामाथि भएको अन्यायको अनुसन्धान।
लेटाङ माइती भएकी तुलासा घरपरिवारका सदस्यको विभेद खेप्न नसकेपछि छोरा च्यापेर प्रहरी कार्यालय आइपुगेको प्रारम्भिक जाँचबुझबाट देखिएको छ। प्रहरीले तुलसाका श्रीमान छविराम आचार्यले बेलाबेला कुटपिट गर्ने र परिवारका अन्य सदस्यले समेत चासो नदिएर विभेद गरेको ठहर गरेको छ।
'सबैले हेला गरेपछि घर छाडेर हिँडेँ,' आइतबार दिउँसो छोरालाई घाम तपाएर न्यानो दिइरहेको अवस्थामा भेटिएकी उनले नागरिकसँग भनिन्, 'सुत्केरी अवस्थामा आफन्तकहाँ जान अप्ठेरो लाग्यो, प्रहरीले त न्याय दिन्छन् भनेर सोझै यहीँ आएँ।'
घरबाट निस्किएर गाडी चढेपछि मोरङ खोर्सानेमा ओर्लिएर कता जाउँ, के गरुँ भनेर अलमल परेको उनले बताइन्। 'केही बेर चोकमा बसेपछि पश्चिम लाग्ने गाडीमा चढेर इटहरी आएँ,' उनले भनिन्।
तुलासाको चार वर्षअघि मागी बिहे भएको थियो। उनको पहिलो छोरा नोवेल चार वर्षका छन्। ‘राम्रो ढंगले बिहे भए पनि दिदीलाई भिनाजुले बेलाबेला कुटपिट गर्ने अनि कहिल्यै राम्रो नगर्ने हुदाँ दिदीले न्याय पाउनुपर्योे,' तुलासाका भाइ रुपेश दाहालले भने।
प्रहरीले तुलासाका ससुरा मोहन आचार्यलाई टेलिफोन सम्पर्क गरी डाकेको जनाएको छ। ‘ससुरालाई झिकाइसकेका छौं, उनी आएपछि सहमति गराएर घर फर्काउनेछौं,' इटहरीका डिएसपी विद्यानन्द माझीले भने।

१४ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजबाट कलेज पढाउने भएका छन् । एमाओवादी वरिष्ठ नेता समेत रहेका भट्टराईले आज पहिलो कक्षा लिँदैछन् ।
भट्टराईले आज ललितपुरको बालकुमारीस्थित कुसोम कलेजमा विहान १० बजे कक्षा लिँदैछन् ।
भट्टराईले नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा युवाको भूमिकाबारे एमबीए अध्ययनरत विद्यार्थीहरुलाई पढाउने उनका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिए । भिडियो समाचार पनि हेर्नुहोस
काठमाडौं, माघ १९ – २१ औं शताब्दीको यो प्रविधिको चरम उत्कर्ष युगमा फेसबुक र ट्वीटर चलाउनु अपराध हो ? पटक्कै हैन । एमाओवादीभित्र कसैले वरिष्ठ नेता डा. बाबुराम भट्टराईमाथि ‘टवीटर र फेसबुक चलाएको’मा समेत आलोचना गरेछन् । केन्द्रीय समितिको बैठकको समापन मन्तब्यका क्रममा डा. भट्टराईले यसबारेमा खुलेरै स्पष्टीकरण दिए ।

‘मलाई फेसबुक र ट्वीटर चलाउँछ भनेर समेत भनियो’, डा. भट्टराईले भने, ‘मैले फेसबुक चलाएकोमा पनि साथीहरुलाई सह्य भएन । कहाँसम्म भने हिसीलाजीसमेत मलाई कति भर्चुअल संसारमा अलमलिएको ? भन्दै फेसबुक छाड्न भन्नुहुन्छ ।’ डा. भट्टराईका अनुसार पत्नी हिसीला यमीलाई समेत उनले फेसबुक चलाएको मन परेको रहेनछ । डा. भट्टराईले थपे, ‘अरुले विरोध गरे गरे, हिसीलाजीसमेत मेरो सौता भित्रियो भनेर बारम्बार भन्नुहुन्छ ।’ आजको यो प्रविधिको युगमा पछिल्ला सूचनासँग अपडेट हुनु पनि फेसबुक र टवीटर चलाउनुपर्ने डा. भट्टराईको विचार थियो । ‘यसैबाट हामी सिंगो संसार देख्नसक्छौं । विश्वका नयाँ नयाँ विकासका मोडल र प्रविधिका बारेमा जान्न सकिन्छ ।
विश्व सर्वहारा बर्गको मुक्ती आन्दोलनका बारेमा जान्न सकिन्छ’, उनले भने । डा. भट्टराइले आफु जतिसुकै व्यस्त भए पनि र जतिसुकै ढिलो घर पुगेपछि दिनको एक डेढ घन्टा फेसबुक र ट्वीटरमा बिताउने गरेको पनि खुलाएका थिए । ‘प्रविधिलाई उपेक्षा गरेर हैन, यसको सदुपयोग गर्न जान्नुपर्छ’, भट्टराईले भने । पार्टी स्कुल विभाग र प्रचार विभागको जिम्मेवारी पाएका डा. भट्टराईले सूचनाका सम्पूर्ण साधनहरुको भरपुर उपयोग गरेर पार्टीलाई आधुनिक युग अनुकुल अपडेट बनाउनुपर्ने बताए । पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने हो भने नयाँ सोचका साथ अघि बढ्नुपर्ने र पुराना संकिर्ण मानसीकता त्याग्नुपर्ने उनको सुझाव थियो । पार्टीमा नयाँ शिराबाट वैचारीक, सैध्दान्तीक र कार्यदिशाका बारेमा बहस चलाउनुपर्ने, आजको माक्र्सबादका बारेमा सबैवीच बुझाईमा एकरुपता हुनुपर्ने र नेपालको अबको क्रान्तिको दिशाका बारेमा स्पष्ट र ठोस कार्यनीतिका साथ पार्टीलाई अगाडी बढाउनुपर्ने उनको विचार थियो ।
स्रोत : rightnepal

चितवन , पुस २६ – इन्भर्टरको ब्याट्री चोरी गरी ब्याट्री बोकेको ट्रक नाटकीय रुपमा त्रिशुलीमा खसाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौ लैजादै गरेको इन्भर्टरको ब्याट्री चालकसंगको मिलेमतोमा चोरी गरी रित्तो ट्रकलाई त्रिशुलीमा खसालिएको प्रहरी अनुसन्धानबाट पुष्टी भएको छ ।
यसमा संलग्न वीरगञ्ग १९ का ४० वर्षका विनोदप्रसाद अग्रवाल, वीरगञ्ज १३ का रञ्जित अग्रवाल, वारा परवानीपुरका मुकेश साह र भारत रक्सौलका पिंकु गुप्तालाई प्रहरीले सार्बजनिक गरेको हो ।

ट्रकका चालक र सह चालक भने फरार रहेका छन् । उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । गएको मंसिर १६ गते मुग्लिन नजिकै त्रिशुली नदीमा ट्रक खसेको जानकारी पाएपछि घटनास्थलको पुग्दा शंकास्पद लागेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख प्रधुम्न कार्कीले जानकारी दिनुभयो ।
फ्ल्यास क्यारियरले काठमाडौको हुलास पावर प्रालिका लागि ना ३ ख ६५०२ नम्वरको ट्रकमा राखेर तीन सय ६७ थान ब्याट्री लगेको रेकर्ड भएपनि घटनास्थलमा दुई चार वटा मात्र ब्याट्री भेटिएको, ट्रकको ढोका बन्द भएपनि ट्रकमा चालक र सह चालकको शब फेला नपरेको पाइएपछि यसलाई अनुसन्धान गरिएको कार्कीले जानकारी दिनुभयो ।
खोजतलासका क्रममा दुई दिनअघि चितवन नारायणगढको ईश्वरी खरालको घरमा ३ सय ३८ थान ब्याट्री राखेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
खरालसंग बुझ्दा विनोदप्रसाद शाहले भाडामा लिएर राखेको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप दुई थान ब्याट्री शाहको कोठाबाट बरामद भएको र अन्य गिरोह उनीहरुबाटै पत्ता लागेको प्रमुख प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिनुभयो ।
चोरी भएको ब्याट्रीको बजार मुल्य ५५ लाख रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ । ब्याट्री काठमाण्डौ लैजाने जिम्मा लिएको फ्ल्यास क्यारियरले ब्याट्री र ट्रकको बिमा रकम दाबीका लागि मुग्लिन प्रहरीबाट सिफारिस समेत लगिसकेको भएपनि त्यसलाई रोकिएको उहाँले जानकारी दिनुभयो ।
अहिलेसम्मको अनुसन्धानले ब्याट्री चोरीको घट्नामा फ्लास क्यारिएरको संलग्नता नखुलेपनि बिमा दाबी रोकिएको उहाँले जानकारी दिनुभयो ।

२६ पुस, झापा । ‘अहिले म के गरुँ, के नगरुँको दोधारमा छु,’ लामो अनुनयपछि कुरा गर्न राजी भएकी उनले सुरुमै आफ्नो मनोदशा दर्शाइन्, ‘अन्यायमा परेँ, न्याय चाहियो भन्दै कतै जानसक्ने अवस्थामा म छैन, चुपचाप बस्दा पनि मन पटक्कै मान्दैन् ।’

आफ्नै पतिबाट भारतीय यौन बजारमा बेचिएकी झुमा लामा -नाम परिवर्तन) असुरक्षाको भयमा छिन् । घरीघरी घटनाबारे सबैलाई बताउँदै हिँडु जस्तो लाग्ने अनि फेरि घरपरिवार र भविष्य सम्झँदा संयमित बनिहाल्न बाध्य हुनुपर्ने स्थिति उनको छ । केही समययता अन्तरद्वन्द्व यति तीब्र बनिरहेको छ, यसै गरुँ भन्ने मेसो उनले पाएकी छैनन् । आमाबासँगको भेटपछि केही नयाँ बाटो पत्ता लाग्ने आशा छ उनको । त्यही आसले अहिले उनलाई तनाव व्यवस्थापन गर्न सघाइरहेको छ । ‘अबको दुई दिन भित्र बाआमासँग भेट हुँदैछ,’ उनले भनिन् ‘के गर्ने हो, त्यसपछि निर्णय गर्नुपर्ला,’ -नागरिक दैनिकमा खबर छ ।
परिवार र छरछिमेकी सबैले लायक ठहर गरेर जसलाई कन्यादान गरे, उसैले छोरीको जीवन बर्बाद पारेको खबर उनका अभिभावकले पाएका छैनन् । तर, समस्यामा छु भनेर खबर गरेका कारण उनका अभिभावक झापाको काँकरभिट्टामा आउँदै छन् । उनी माइती नेपालको संरक्षणका बसेकी छन् ।
हेटौंडामा एउटा सरकारी विद्यालयबाट एसएलसी परीक्षा सकाउने वित्तिकै झुमाको विवाह गर्ने कुरा चल्यो । त्यसै विषयलाई लिएर एक छिमेकीले आफूले चिनेको राम्रो केटा रहेको र आम्दानी पनि राम्रै भएकाले छोरीलाई सुखका साथ पाल्न सक्ने भन्दै बिबाहको बन्दोबस्त भयो । बिहे भएको ८ महिनापछि श्रीमानले घुमाउन लैजाने भन्दै झुमालाई भारततर्फ लगे । तीन दिनपछि यो आसाम हो भनि जानकारी गराएका उनका श्रीमानले उनलाई एक दिन होटलमै राखे । भोली सबैतिर घुमाउने भनि सुतेका उनीहरुह विहान उठ्दा श्रीमान कोठामा थिएनन् । कतै गएको आशंकामा उनले एक दिन बिताईन । भोलि पनि नआउँदा होटलबालालाई खबर गर्न आग्रह गरिन् । कतै गएको र आउने बताएका होटलबालाले भोलिपल्ट भने विशेष कामले नेपाल गएको बताए । त्यसपछि अनिन्द्रामै वितेका उनका रातहरु थिए । जब उनलाई होटलमा आएका व्यक्तिहरुले दुव्यवहार गर्न थाले अनिमात्र आफू आफ्नै श्रीमानबाट बेचिएको थाहा पाइन् । धेरै दुःख पाएकी उनले पछि एक नेपालीसँग बिहे गर्ने बाहानामा होटलबाट बाहिर निस्केको र माइति नेपाल तथा विभिन्न सहयोगी संस्थाको सहयोगबाट नेपाल आउन सफल भएकी हुन् ।
मंसिरको अन्तिम साता नेपाल आएकी उनले बुबाआमालाई सम्पर्क गर्दा छोरीलाई पढ्न पठाएको भनि छलेको पाइन् । उनले चाँडै आउने बताउने गरेका रहेछन् । उनी अब आफ्नो भविष्य सम्झेर वर्तमान ध्वस्त पार्ने पतिलाई कुनै हालतमा नछाड्ने बताउँछिन् ।
यसरी आफन्तबाटै छिमेकी देशमा लगेर बेचिने चेलीको संख्या ठूलो छ । माइती नेपालको काँकरभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयको सक्रियतामा सन् २०१३ मा मात्रै १६ जना नेपाली चेलीलाई भारतबाट यसैगरी उद्धार गरिएको छ ।

प्रहरी कार्यालयमा न्याय माग्न आएकी सुत्केरी महिला। तस्बिर : अमर खड्का
इटहरी- ‘सर नमस्कार! म सुत्केरी, मलाई पोसिलो खानेकुरा र रेखदेख गर्ने व्यवस्था मिलाई दिनुहोस्, ठूलो न्याय हुनेछ,' १८ दिनको छोरा काखमा च्यापेर जाडोमा काम्दै शनिबार दिउँसो इलाका प्रहरी कार्यालय इटहरीमा एक महिला आइपुगिन्।
उनी मोरङ केरावारी–४ की २५ वर्षीया तुलसा आचार्य थिइन्। टिठलाग्दो अवस्थामा प्रहरीसमक्ष न्याय माग्न आइपुगेकी उनलाई हत्तपत्त प्रहरी टोलीले पोसिलो खानेकुरा मगाएर खुवायो। ज्वानोको झोल पिलायो। महिला प्रहरीले उनका नवजात शिशुलाई तेल लगाएर मालिस पनि गरिदिए।

साभार : नागरिक न्युज बाट
काठमाडौ, पुस । चीन आफ्ना छिमेकीको आन्तरिक मामिलामा हत्तपत्त प्रकट हुने वा हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने मुलुक हो । अझ नेपालको मामिलामा त चीनले खासै चासो राख्दैनथ्यो । तर, केहि बर्षा देखी नेपालमा पनि चीनको हस्तक्षेपकारी भूमिका ह्वात्तै अगाडि आएको छ । खासगरी तिब्बत मामिलालाई लिएर अमेरिका र पश्चिमा मुलुकहरूले नेपाललाई सैन्य रणनीतिक महत्वको स्थानका रूपमा चीनविरुद्धका गतिविधिमा संलग्न हुन थालेपछि चिनियाँहरूको गतिविधि नेपालमा तीव्र बनेको हो । काठमाडौं र बेइजिङको दूरी ३ हजार ७ सय ७६ किलोमिटर टाढा रहे पनि बेइजिङ अब काठमाडौंमा सक्रिय हुन थालेको छ । शान्त कूटनीतिमा विश्वास राख्ने चिनियाँहरू आफ्नो मुलुकको सुरक्षामा पश्चिमा मुलुकहरूको सक्रियता र अमेरिकी तथाकथित षड्यन्त्र नजिकबाट नियालिरहेका छन् । नेपालको राजनीतिक अस्थिरता र कुनै पनि विश्वासयोग्य संस्था नरहेपछि बेइजिङको सोझै उपस्थिति काठमाडौंमा भएको छ ।

आफ्नो मुलुकमाथि हुन सक्ने खतरा र नेपालमाथि हुन सक्ने सम्भावित दुवै दुर्घटनालाई मध्यनजर राख्दै दुई लाख चिनियाँ सैनिक माथिल्लो मुस्ताङ सीमाक्षेत्रमा तैनाथ राखेर कुनै पनि बेला पोखरामा आफ्नो सैन्य उपस्थिति देखाउन सक्ने गरी ‘हाई अलर्ट’ अवस्थामा रहनुले नेपालभन्दा बढी भारतीय सुरक्षा रणनीतिकारहरूको टाउको दुखाइ बढेको छ । चिनियाँ उच्च अधिकारीलगायत चिनिया सुरक्षा प्रमुख र सैन्य गुप्तचर प्रमुखहरूको ‘हाई प्रोफाइल’ भ्रमणले चिनियाँहरूको आफ्नो सुरक्षा चासोमात्र होइन, नेपालको सार्वभौम एकता अखण्डताप्रति पनि चिनियाँहरू त्यत्तिकै चिन्तित देखिन थालेका छन् । चिनियाँहरूको ‘हाई प्रोफाइल’ भ्रमण चीनको सुरक्षा र सैन्य सामरिक चासोकै विषय बनेको छ । चिनियाँ सुरक्षा मामिला प्रमुख लि क्वाङले त स्पष्ट शब्दमा भनिदिए, ‘नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भए चीन सहयोग गर्न तयार छ ।’ चिनियाँ सुरक्षा मामिला प्रमुख लि क्वाङको यो अभिव्यक्तिले नेपालमा विदेशी शक्तिबाट ठूलै ‘थ्रेट’ भएको बुझ्न सकिन्छ । भारतको झ्यालबाट अमेरिका र पश्चिमा मुलुकहरूको नेपालमा बढिरहेको सैन्य उपस्थितिले चिनियाँहरू निकै सशंकितमात्र होइन, त्यस्तै परे भारतमाथि नै हमला गर्न सक्ने संकेत नेपालको उत्तरी सिमानामा बढेको चिनियाँ सैन्य उपस्थितिले गरेको छ । इतिहास दोहोरिन सक्ने चेतावनी चिनियाँ ‘थिङ्क ट्याङक’हरूले नेपाली मामिलामा दिनु कुनै चानचुने विषय होइन, त्यो बेइजिङको स्पष्ट चेतावनी दक्षिणलाई हो । अहिले नेपालको परिस्थिति लगभग ०१७ सालको छेउछाउको कूटनीतिक स्थितिमा पुगेको कूटनीतिज्ञहरूको भनाइ छ ।
चीनले नेपाली सिमानामा ठूलो संख्यामा सैन्य उपस्थिति बढाएपछि भारतले पनि नेपालसँग जोडिएको १८ सय किलोमिटर क्षेत्रमा भारतीय सुरक्षा फौज प्रत्येक साढे तीन किलोमिटर ‘आउट पोष्ट’ हेर्न सक्ने गरी झण्डै चार लाखको हाराहारीमा सीमा क्षेत्रमा उपस्थित हुनुले नेपालमा ठूलै कुनै अनिष्टताको संकेत दुई छिमेकी मित्र राष्ट्रहरूको सैन्य उपस्थितिले देखाउँछ । स्वतन्त्र तिब्बतका नाममा भइरहेका गतिविधि र सम्भावित खम्पा विद्रोहलाई चिनियाँ सुरक्षा रणनीतिकारहरूले गम्भीरतापूर्वक अध्ययन गरेपछि आफ्नो उपस्थिति बेइजिङले काठमाडौंमा बढाएको हो । नेपालमा रहेका तिब्बतीयनभन्दा पनि भारतीय सुरक्षा फौजमा राखिएका ३० हजार तिब्बतीयन आर्मीं र भगौडा तिब्बती तथा अमेरिकी सैन्य उपस्थितिले चिनियाँ सुरक्षामा खतरा रहेको चिनियाँहरूको ठहर छ । स्रोतका अनुसार नेपालमा राजनीतिक दल र नेपाल सरकार चीनविरोधी गतिविधि नियन्त्रण गर्न असफल रहेकाले नै कर्मचारी सरकारको स्थापना भएको हो । सन् २०१८ मा चीनबाट तिब्बतलाई स्वतन्त्र गराउने नाममा अमेरिकी र पश्चिमा मुलुकहरूको नेपालमा अघोषित सैन्य उपस्थिति र नेपालका राजनीतिक दलहरूको पश्चिमा मुलुकसँगको साँठगाँठलाई चिनियाँहरूले गम्भीरतापूर्वक लिएका छन् ।
एक कूटनीतिज्ञका अनुसार नेपालको दोस्रो संविधानसभा निर्वाचन अमेरिकी र पश्चिमा मुलुकहरूको दबाबमा भएकाले दोस्रो संविधानसभाले पनि नयाँ संविधान दिन नसक्ने उनको दाबी छ । पहिलो संविधानसभाले संविधान दिन सकेन भने दोस्रो संविधानसभा अर्कै मोडमा पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । संविधानसभा माओवादीको एजेण्डा थिएन । तत्कालीन रणनीतिमात्र थियो । नेपाली कांग्रेस र नेकपा एमालेले त्यसलाई एजेण्डाकै रूपमा लिएर जान नसक्नुको परिणाम हो अहिलेको नेपालको वास्तविक वस्तुस्थिति । नेपाल नबुझेकाले नेपाल चलाउन खोज्नु र कूटनीतिबारे ठ्याम्मै जानकारी र अध्ययन नभएका दलगत नेताहरूले गरेको विफल कूटनीति । जसको परिणाम युद्ध अवस्थामा उभिएका छन् भारत र चीन । जसको बीचमा परेको छ नेपाल । चीन र भारतलाई युद्ध गराएर युएन फोर्स नेपालमा ल्याएर सैन्य अखडा नेपाललाई बनाउन खोज्दै छ अमेरिका । यो कुरालाई बेइजिङ र नयाँदिल्लीले नबुझेको होइन । नेपालमा देखिन थालेको चीनको नयाँ सक्रियता १० वर्षदेखि विश्वव्यापी रूपमा बढाएको रुचिकै निरन्तरता हो । अर्थात् चीनको सक्रिय परराष्ट्र नीतिकै प्रतिबिम्ब हो ।
नेपालमाथि अमेरिकी र भारतीयहरू बढ्दो गतिविधिले पनि चिनियाँहरू सशंकित हुनु अस्वाभाविक होइन । नेपालमा अस्थिरता बढ्नु भनेको चीनको आफ्नै सुरक्षामा खतरा बढेको चिनियाँहरूको बुझाइ छ । खुल्ला रूपमा नस्वीकारिए पनि नेपाल मामिलामा भारत र चीनको चासो बाझिन थालेका छन् र यो स्पष्ट देखिँदै पनि छ । चिनियाँहरूले आफ्नो भरपर्दो शक्तिका रूपमा नेपाली सेनामात्र रहेको बिश्वास गर्नुले पनि यस्को इंगित गर्छ । नेपाली सेनामा चिनियाँहरूले देखाएको चासोबाट दिल्ली चिन्तित छ । नेपालमा चीनको सैन्य सहयोग भारतका लागि संवेदनशील विषय रहँदै आएको छ । नेपालमा राजनीतिक अस्थिरताका कारण आफ्नो सुरक्षा चासोमा समस्या आएको ठहर गर्दै बेइजिङको काठमाडौं उपस्थिति र सक्रियताले भारतीय सुरक्षा चासोमा पनि दिल्लीको टाउको दुखाइ बढेको छ ।
दुई ठूला उदयीमान शक्ति राष्ट्रबीच रहेको नेपालले दुवै छिमेकीको बढ्दो सुरक्षा चासो र कूटनीतिक प्रतिस्पर्धालाई कसरी सम्बोधन गर्ने हो ? सबैको चासोकै बिषय बनेको छ । अस्थिर राजनीति र शून्य अवस्थामा नेपालको उपस्थिति नै कमजोर देखिएको छ । भारत र चीनबीच सुरक्षाका विषयलाई लिएर बढ्दो तनावका कारण दुई मुलुकबीच युद्ध भयो भने त्यसबाट पर्ने दुष्प्रभावलाई रोक्ने नेपालसँग उपाय के छ ? यसबारे नेपालका ‘थिङ्क ट्याङ्क’ भन्ने र रणनीतिकार भन्नेहरू नै आफैं अन्यौलमा छन् । मुलुकको आन्तरिक राजनीतिमा चीनको चासो तीव्र रूपले बढेको छ । आन्तरिक र बाह्य कारणले नेपाल र चीनबीचको ५८ वर्षे कूटनीतिक सम्बन्ध अहिले संवेदनशील मोडमा छ । भारत र चीनबीचको सम्बन्ध सन्तुलनमा हुन सकेन भने नेपालको आन्तरिक द्वन्द्व अन्तर्राष्ट्रिय द्वन्द्वमा परिणत हुने खतरा बढेर गएको छ ।
(Source: Weekly Nepal)

जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, - महोत्तरीको खोपीका एक किसानले पालेको भैंसीले दुई वटा टाउको भएको पाडो जन्माएको छ ।
खोपी ७ गोटबनौली बस्ने किसान दिलिप कुमार मण्डलले पाल्नु भएको भैंसीले मंगलबार २ वटा टाउको भएको पाडो पाएको हो ।

भैंसीले शरीरको अगाडीको भाग दुई वटा र पछाडीको भाग एउटै भएको पाडो जन्माएको पशु शेवा केन्द्र रामगोपालपुरका प्रमुख ब्रह्मदेब शाहले जानकारी दिनुभयो । भैंसीले अनौठो पाडो पाएपछि मण्डलको घरमा हेर्नेको घुइँचो लागेको थियो । जन्मिएको दुई घण्टापछि नै पाडो मरेको किसान मण्डलले बताउनुभयो । महोत्तरीमा जन्मिएको पाडोको तस्बिर तल हेर्न सकिन्छ ।

काठमाण्डौं । विद्यालयका सहायक प्रिन्सिपलले विद्यालयमै छात्रामाथि यौन दुर्व्यवहार गर्दै बलात्कारको प्रयास गरेका छन् । बसुन्धारास्थित फ्लोरोसेन्ट एकेडेमीका सहायक प्रिन्सिपल रमेश पनेरुले १० कक्षामा अध्ययनरत छात्रालाई विद्यालयमै बलात्कार प्रयास गरेका हुन् । पनेरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सहायक प्रिन्सिपल पनेरुविरुद्ध गरिएको नाराबाजीसहितको भिजुअल :
प्रहरीका अनुसार मिडटर्म रिजल्टबारे कुरा गर्न भन्दै १० कक्षामा अध्ययनरत १६ बर्षकी ती छात्रालाई पनेरुले प्रिन्सिपलको कोठामा बोलाएका थिए । प्रिन्सिपल मेघराज गौतम भने बिदामा थिए ।
करिब आधा घन्टासम्म कोठामा राखेर उनले दुर्व्यवहार गरेको र गालामा किस खाँदै बलात्कारको प्रयास समेत गरेको पीडित छात्राका अभिभावकले प्रहरीलाई बताएका छन् । पक्राउ परेका पनेरुले भने घटनाका बारेमा केही बताएका छैनन् ।
काठमाडौं : नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने ९ एन एसीबी बोइङमा बिहीबार राति चरा ठोक्किएको छ। हङकङबाट काठमाडौं आएको यो जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो। जहाजको बायाँतर्फको पँखेटामुनि रहेको फ्ल्यापमा चरा ठोक्किएर यो भागमा क्षति भएको निगमले जानकारी दिएको छ। पाइलटले भने चरा ठोक्किएको थाहा नै पाएनन्।
जहाजको प्राइमरी फ्लाइट कन्ट्रोलको यो फ्ल्यापमा चरा ठोक्किएको इन्जिनियरिङ विभागले जहाज अवतरणपछि अर्को उडानका लागि जाँच गर्ने क्रममा मात्रै थाहा भएको निगमले जानकारी दिएको छ। चरा ठोक्किएका कारण जहाजको बायाँ पखेटामुनि १० देखि १२ इन्चको वर्गाकार प्वाल परेको छ।
जहाज अवतरण गर्ने क्रममा जमिनमा गुडिरहेको अवस्थामा चरा ठोक्किएकोले चालक दललाई थाहा नभएको हुन सक्ने निगम स्रोतको भनाइ छ। हरेक पटक जहाज अवतरण गरेपछि यसको अवस्था र यसमा भएका गतिविधिको बारेमा पाइलटले लग बुकमा जानकारी गराउनुपर्छ।
चरा ठोक्किएको संवेदनशील विषय भए पनि चालक दललाई थाहा नभएकै कारण लगबुकमा उल्लेख नभएको अनुमान निगमको इन्जिनियरिङ विभागले गरेको छ। चालक दलले पनि जहाजमा चरा ठोक्किएको थाहा नभएको जानकारी नदिएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए।
हङकङबाट ९० जना यात्रु बोकेर काठामाडौं आएको यो जहाज बिहीबार राति १२ बजेर पाँच मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो। जहाज क्याप्टेन सुवर्ण अवालेको कमान्डमा थियो भने सहचालकको सिटमा अर्का क्याप्टेन सन्तोष शर्मा थिए। चरा ठोक्किएका कारण सोही रातको साढे ११ बजेको मलेसियाको उडान रद्द भएको थियो। जहाज काठमाडौंबाट उडान गर्न नै ढिलो गरेकाले फर्कने बेलामा पनि निर्धारित समयभन्दा एक घन्टा ढिलो भएको थियो।
यो जहाजमा चरा ठोक्किएर ग्राउन्डेड भएका कारण शुक्रबारका लागि राखिएको कतारको दोहा र मलेसियाको क्वालालम्पुरको उडान रद्द भएको छ। क्षति भएको फ्ल्याप सिंगापुरबाट ल्याएर आवश्यक मर्मतपछि मात्रै जहाज उडाउन सकिने भएकाले अझै चारपाँच दिन ग्राउन्डेड हुने भएको छ। यसबाट उडान तालिका पनि प्रभावित भएको निगमले जानकारी दिएको छ। जहाजमा चराको भुवा भेटिएको भए पनि सो ठाउँमा चरा मरेको भने नभेटिएको निगमले जनाएको छ।
सञ्चालक समितिमा छलफल
निगमको शुक्रबार बसेको सञ्चालक समिति बैठकमा नयाँ जहाज आउने भएपछि निगमलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ। निगमको आन्तरिक उडानका लागि आगामी मार्च १५ मा एउटा एमए ६० नामको चिनियाँ जहाज आउने भएको छ।
यसपछि क्रमश: थप जहाज आउने क्रम ६ महिनाभित्रमा नै पूरा हुने भएकाले निगमलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने प्रस्ताव सञ्चालक समितिसमक्ष पेस भएको छ। निगमको आन्तरिक उडानका लागि ६ वटा चिनियाँ जहाज आउने भएको छ। नयाँ जहाजसँगै आवश्यक जनशक्ति , कुन रुटमा जहाज सञ्चालन केन्द्रित गर्ने र कसरी संस्था सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक गृहकार्य गर्न छलफल सुरु भएको निगम सञ्चालक समितिका सदस्य रञ्जनकृष्ण अर्यालले बताए।
जहाज निर्माता एअरबसले एक वर्षअगाडि नै जहाज दिनसकिने प्रस्ताव निगमलाई पठाएको जानकारी बोर्डलाई प्राप्त भएको छ। निगमले नै आवश्यक तयारी गरिहरेकोले प्रस्ताव बोर्डमा भने नआएको अर्यालले जानकारी दिए। निगमका प्रवक्ता चन्दले एअरबसको प्रस्ताव राम्रो भए पनि स्वीकार गर्ने अवस्था तत्काल नरहेको जानकारी दिए। उनका अनुसार निगमले एक वर्षपछिकै लागि गरेको तयारीलाई फेरि हेरफेर गर्नु झन्झटिलो भएकाले पनि चाँडो जहाज लिन नसकिने अवस्था छ।
१० पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफूलाई मित्रहरुबाटै बचाउन आग्रह गर्नुभएको छ । ’हे भगवान, मलाई मेरा मित्रहरुबाट बचाऊ, मेरा दुश्मनहरुको सामना गर्न म आफैं सक्षम छु ।’

फ्रान्सेली दार्शनिक भोल्तेयरको भनाइ सापट लिँदै डा. भट्टराईले आफ्नो फेसबुकमा आफूमाथि आफ्नै त्रिहरुबाट प्रहार भएको गुनासो गर्नुभएको हो ।
भट्टराईले व्यीक्तको नाम नतोकी आफ्ना मित्रहरुका बारेमा आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्नुभएको छ- ‘ चोरको खुट्टा काट्’ भन्दा चोरले नै खुट्टा थुते झैं मैले समकालीन विश्वको सबभन्दा महत्वपूर्ण वैचारिक-राजनीतिक प्रश्न लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे चलाउन चाहेको सार्वजनिक वहसबारे धेरैले अत्यन्तै सकारात्मक धारणा राखे पनि केही वाम वृत्तभित्रकै महानुभावहरुले भने सैद्धान्तिक वहसको प्रक्रियामाथि नै वन्देज लगाउने ध्रिष्टता गरेको देख्दा कम्युनिष्ट आन्दोलन अन्तरराष्ट्रिय रुपमा किन रक्षात्मक बन्न पुगेको रहेछ भन्ने बुझ्न थप मद्दत पुगेको छ ।onlinekhabar

१० पुस, काठमाण्डौ । थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारसले अन्ततः परिवारबाट खर्च पाएका छन् । काठमाण्डौबाट उनका एक साथी खर्च पुर्याउन बैंकक पुगेको जनआस्था साप्ताहिकले छापेको छ । थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच नियमित भेट हुने गरेको ती साथीबाट थाहा भएको छ ।

पत्नी हिमानीले हालै ज्ञानेन्द्रलाई लिएर भारत भ्रमणमा गएको बारे पनि पारसले टिप्पणी गरेका छन् । त्यो भ्रमणलाई अर्थहीन भन्दै उनले भने-’हि इज लुजिङ हिज पर्सनालिटी अनसेल्फ’ अर्थात् उनले आफ्नो ब्यक्तित्व आफ्नै कारण गुमाइरहेका छन् ।
उता, भारत भ्रमणमा रहेका ज्ञानेन्द्रले भने उच्च भारतीय नेताहरुलाई भेट्न नपाउने भएका छन् । एकाएक भारतीय राजनीति गर्माएपछि उनले अन्य शीर्ष नेतासँग भेट्ने अबसर नपाउने भएका हुन् । बुहारी हिमानी एक साता पहिले नै भारत पुगेर भ्रमणको तालिका मिलाउन कोसिस गरेको भएपनि नातेदार एवं काँग्रेस नेता करण सिंह बाहेक अन्यलाई भेटन नपाउने भएका छन् ।
नारायणहिटीमै श्रीपेच बेपत्ता
तत्कालिन राजाले प्रयोग गर्ने श्रीपेच राजसंस्था अन्त्यसँगै सार्वजनिक प्रर्दशनी राख्ने सरकारले निर्णय गरेको थियो । तर राजसंस्था अन्त्य भएको ५ बर्ष बितिसक्दा पनि श्रीपेच बेपत्ता छ । बुधबार प्रकाशित जनअस्था साप्ताहिकका अनुसार पुरातत्व बिभाग र नारायणहिटी दरवार संग्रहालयवीचको बिबादमा परेर अहिलेसम्म श्रीपेच गायव भएको हो । त्यसको सुरक्षा र राख्ने ठाउँको बिबादमा अहिले श्रीपेच गुमनाम बनेको छ ।
संग्रहालय ब्यबस्थापन समितिका प्रमुख लेखबहादुर कार्कीले नारायणहिटी भित्रै सैलुन कक्षमा लाहाछाप लगाइएको सोकेसभित्र श्रीपेच राखिएको बताउनुभयो । श्रीपेच निकाल्न र त्यसलाई ठाउँसारी गर्न सेनाको अनुमति अनिवार्य छ । तर सेनाले श्रीपेच सार्वजनिक प्रर्दशनीमा राख्दा हराउनसक्ने भन्दै त्यसलाई अस्वीकार गर्यो । त्यसपछि संस्कृति मन्त्रालयले गोली छेक्ने क्षमता भएका दुई सोकेस निर्माण गर्यो प्रर्दशनीका लागि । तर, श्रीपेच पुरातात्विक बस्तु भएको भन्दै पुरातत्व बिभागले पनि त्यसमा दावी गरेपछि अहिले श्रीपेच सार्वजनिक प्रर्दशनीमा राख्ने योजना अलपत्र परेको छ ।source: onlinekhabar

गौतम श्रेष्ठ
९ पुस, रौतहट । रौतहटको कर्कच कर्मैया गाविसमा एक महिलाको शव भेटिएको छ । परालको थुप्रोमा महिलालाई राखेर अज्ञात समूहले हत्या गरेपछि जलाएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
मंगलवार विहान ४ बजे सो गाविस वडा नम्वर ३ का जयकिशोर झाको घरको छेउमा रहेको परालको थुप्रोमा अज्ञात समूहले करिव ३२ वर्षकी महिलालार्इ जलाएर मारेको आशंका प्रहरीले गरेको छ ।
घर छेउमा रहेको परालमा आगो लागेपछि झाले नै प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले बलिरहेको परालको थुप्रोमा महिलाको दुईवटा खुट्टा फेला पारेको थियो । खुट्टामा नङ्ग पालिस लगाएको अवस्थामा शरीरको सबै अंश डढिसकेको भेटिएकाले मृतक महिला नै हुन सक्ने आशंका गरिएको नायब उपरीक्षक अधिकारीले बताउनुभयो । आगलागीमा जलेर मृत्यु भएकी महिलाको दुर्इवटा खुटाबाहेक अन्य भाग पुर्ण रुपमा जलेको हुनाले अहिलेसम्म पहिचान हुन नसकेको प्ररहरीको भनाइ छ । घटनाबारे अनुसन्धान कार्य द्रुतगतिमा भइरहेकोले घटनामा संलग्न दोषिलार्इ यथाशिघ्र पहिचान गरी नियन्त्रणमा लिइने रौतहटका प्रहरी नायव उपरिक्षक दिपक अधिकारीले बताउनुभयो । मृतक महिलाको पहिचान नखुलेकोले शव परिक्षणको लागि जिल्ला अस्पताल गौर ल्याउने तयारी भइरहेको छ । वरिपरिका गाँउबाट कुनै महिला हराए नहराएको बारे खोजी भइरहेको प्रहरीको भनार्इ छ ।

.jpg)

.jpg)
.jpg)

.jpg)